काठमाण्डौ । घोडाघोडी लघुवित्त वित्तीय संस्थाले पनि सर्वसाधारणमा आइपीओ जारी गर्ने भएको छ । 

यो कम्पनीले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा चैत १७ गते आवेदन दिएको हो । 

कम्पनीले आइपीओबाट १ करोड ३२ लाख रुपैयाँ पूँजी जुटाउन खोजेको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

रु. ३ करोडभन्दा कमको आइपीओलाई रेटिङ नगर्नुपर्ने छुट छ । त्यसैले यो कम्पनीको आइपीओ धितोपत्र बोर्डबाट स्वीकृत हुन धेरै समय नलाग्न सक्छ। 

यो लघुवित्तको केन्द्रीय कार्यालय कञ्चनपुरको बेलौरीमा रहेको छ ।