Suryodaya Laghubitta Bittiya Sanstha Limited
काठमाण्डौ । सूर्योदय लघुवित्त बित्तीय संस्थाले आज(आइतबार)देखि १ लाख २० हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) थालेको छ ।
एकसय रुपैयाँ अंकित मूल्यको कुल १ करोड २० लाख बराबरको आइपीओमा आवेदन खुलेको हो ।
आइपीओका लागि पहिलो चरणमा आगामी भदौ १५ गतेसम्म आवेदन दिनुपर्ने म्याद तोकिएको छ । त्यसबेलासम्म पनि माग अनुसारको निवेदन नपरे आवेदन दिनुपर्ने अधिकतम समय भदौ २६ लाई तोकिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।
यो माइक्रोफाइनान्स कम्पनीले ४ हजार ८ सय कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ६ हजार कित्ता ७ वटा सामूहिक लगानी कोषका लागि र बाँकी १ लाख ९ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।
आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
यो माइक्रोफाइनान्सले चुक्तापूँजीमा यो आइपीओबाट १ करोड २० लाख रुपैयाँ उठाउने योजना बनाएको हो । हाल यो कम्पनीको चुक्तापूँजी २ करोड ८० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी ४ करोड पुग्नेछ । कम्पनीको अधिकृत पूँजी ८ करोड रुपैयाँ रहेको छ ।
आइपीओपछि कम्पनीमा प्रोमोटर पब्लिक सेयर अनुपात ७० र ३० प्रतिशतको कायम हुनेछ ।
यो लघुवित्तको मुख्य कार्यालय स्याङ्ग्जाको पुतलीबजारमा अवस्थित छ । यो कम्पनीले बाग्लुङ, म्याग्दी, पर्वत, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्यूठान र रोल्पामा समते काम गरिरहेको छ ।
कहाँ-कहाँबाट भर्ने ?
१.ग्लोबल आइएमई क्यापिटल लिमीटेड, जमल, काठमाण्डौ । सम्पर्क व्यक्ति : विजेता र दामोदर । सम्पर्क नं.०१-४२२२४६० ।
२.सूर्योदय लघुवित्त बित्तीय संस्था लिमीटेड, पुतलीबजार, स्यांग्जा लगायत शाखा कार्यालयहरु : लमजुंगको रानीकुवा र पर्वको मल्लाज । सम्पर्क व्यक्ति : सूर्यप्रसाद पौडेल, सम्पर्क नं.०६३-४२११८७
३.ग्लोबल आइएमई बैंक उपत्यकाभित्र, कान्तिपथ, सिनामंगल, सुकेधारा, पुल्चोक, नखू, सूर्यबिनायक, बनस्थली । सम्पर्क व्यक्ति : वृहस्पति तिवारी । सम्पर्क नं.०१-४४४६१५०
४.ग्लोबल आइएमई बैंक लिमीटेड, उपत्यका बाहिर : पोखराको न्यूरोड, हेटौडा, विराटनगर, नेपालगञ्ज, बिर्तामोड । सम्पर्क व्यक्ति : वृहस्पति तिवारी । सम्पर्क नं.०१-४४४६१५०
५.ज्योति विकास बैंक लिमीटेड, उपत्यकाभित्र : कमलादी, कोटेश्वर, सरस्वतीनगर, जोरपाटी, प्रयागपोखरी, नयाँ बानेश्वर, उपत्यका बाहिर : बुटवल र वीरगञ्ज । सम्पर्क व्यक्ति : विजयराम आचार्य । सम्पर्क फोन : ०१-४४२७६२७
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago