काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनी सिबीआइएल क्यापिटल लिमीटेडले समेत सर्वसाधारणमा आइपीओ जारी गर्ने भएको छ । 

यो कम्पनीले ३ करोड मूल्यको ३ लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

सीबीआइएल क्यापिटल आइपीओ निश्कासनका लागि बोर्डमा आवेदन दिने देशकै पहिलो मर्चेन्ट बैंक समेत बनेको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ । 

यो कम्पनीमा सिटिजन्स बैंकको सेयर स्वामित्व ६९ प्रतिशतको हाराहारीमा रहेको छ । अन्य सेयर स्वामित्व विभिन्न विजिनेश हाउसहरुको छ । 

मर्चेन्ट बैंकको समेत न्यूनतम चुक्तापूँजी २० करोड हुनुपर्ने बाध्यकारी व्यवस्था आएपछि यो कम्पनीले सर्वसाधारणको लगानी समेत जुटाउने अजेण्डा वार्षिक साधारणसभाबाट पारित गरेको थियो । 

हाल यो कम्पनीको चुक्तापूँजी १७ करोड रुपैयाँ छ । आइपीओ निश्कासनपछि २० करोड पुग्नेछ ।