काठमाण्डौ । एप्पलले मंगलबार आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स लन्च गरेको छ। 

यसपटक कम्पनीले डिजाइनदेखि फिचरसम्म दुवै ह्यान्डसेटमा धेरै ध्यान दिएको छ। यसमा टाइटेनियम बडी प्रयोग गरिएको छ। जसमा बेजेल पनि कम गरिएको छ। यसका साथसाथै राम्रो क्यामेरा फिचर पनि दिइएको छ।

पहिलोपटक एप्पलले आफ्नो कुनै पनि आइफोनमा यूएसबी टाइप–सी पोर्ट प्रयोग गरेको हो। जसको मतलब प्रयोगकर्ताले अब नयाँ एन्ड्रोइड फोनहरुको चार्जरबाट पनि आइफोन चार्ज गर्न सक्नेछन्। 

आईफोन १५ प्रो सिरिजमा एक्सन बटन प्रयोग गरिएको छ। जसले प्रयोगकर्तालाई धेरै नयाँ एक्सेस दिनेछ। यो एक बटनमा धेरै कमान्ड सेट गर्न सकिन्छ। यो प्रयोगकर्ताका लागि निकै उपयोगी साबित हुने कम्पनीको विश्वास छ।

आईफोन १५ प्रो सिरिजमा दुईवटा ह्यान्डसेट छन् र दुवैको स्क्रिन साइज फरक छ। आइफोन १५ प्रोमा ८.१ इन्चको डिस्प्ले छ र आइफोन १५ प्रो म्याक्समा ६.७ इन्चको स्क्रिन छ। दुवै ह्यान्डसेटमा १२०एचजेडको रिफ्रेस दर हुनेछ। जसले राम्रो गेमिङ अनुभव र स्क्रोलिङ अनुभव दिन्छ।

आइफोन १५ प्रो सिरिजको ब्याक प्यानलमा ट्रिपल क्यामेरा सेटअप छ। यसमा प्राइमरी क्यामेराको लेन्स ४८ एमपीको छ। यसमा २४ एमएम फोकल लम्बाइका साथ एफ÷१.७८ एपर्चर प्रयोग गरिएको छ।

यो क्यामेरा सेटअपको साथ सेकेन्ड जेनेरेसन सेन्सर–सिफ्ट ओआईएस प्रदान गरिएको छ। अप्टिकल जुमको साथसाथै फोकसका लागि एआईडीएआर स्क्यानर पनि उपलब्ध हुनेछ। जसले कम प्रकाशमा राम्रो फोटोग्राफी सुविधा प्रदान गर्नेछ। पछाडिको प्यानलमा अल्ट्रा वाइड एंगल क्यामेरा लेन्स सहितको म्याक्रो क्यामेरा सेन्सर पनि छ।

आईफोन १५ प्रो सिरिजमा दुईवटा मोडल छन्। आईफोन १५ प्रोको प्रारम्भिक मूल्य ९९९ अमेरिकी डलर र आइफोन १५ प्रो म्याक्सको मूल्य १ हजार १९९ अमेरिकी डलर राखिएको छ। –एजेन्सी