काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डले प्राथमिक सेय निष्कासन(आईपीओ) मा १० कित्ते नीति माथि पुनरावलोकन गर्ने तयारी गरेको छ । 

धितोपत्र बोर्डको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले धितोपत्र बजारको सुधारका लागि आईपीओ (कम्पनीहरूको प्राथमिक सेयर निष्कासन) सम्बन्धी विभिन्न पक्षको अध्ययन गर्न विज्ञसहितको अध्ययन समिति गठन गरेको हो ।

जसका लागि बोर्डले  प्रविण कुमार झाको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिमा हाल मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी छन् ।

उक्त समितिले धितोपत्र बजारमा १० कित्ते नीतिले ल्याएको परिवर्तन, यसको सबल र दुर्बल पक्षको अध्ययन गर्ने, कम्पनीहरूले जारी गर्ने आईपीओको १० प्रतिशतको नीतिलाई परिमार्जन गर्ने र नेप्सेमा सूचीकृत कम्पनीहरूको लक इनको व्यवस्थामा कडाइ गर्ने सम्बन्धी अध्ययन गरेर देखिएको समस्या र सुझाव समितिले दिने छ ।