काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले म्युचुअल फन्डहरुले आईपीओमा पाउँदै आएको कोटा हटाउने भएको छ।
सेबोनले बजारमा म्युचुअल फन्डहरुले उद्देश्यअनुरुप कार्य नगरेपछि आईपीओमा छुट्याइएको कोटा हटाउने भएको हो। म्युचुअल फन्डहरुलाई आईपीओ छुट्याइएको कोटाका विषयमा बजारमा व्यापक आलोचना हुँदै आएको छ। लगानीकर्ताहरुले म्युचुअल फन्डहरुलाई छुट्याइएको कोटामा पनि लकिङ पिरियड राख्नुपर्ने वा कोटा नै हटाउनुपर्ने आवाज उठाउँदै आएका छन्।
लगानीकर्ताहरुले म्युचुअल फन्डहरुले आईपीओमा पाएको कोटा सुविधाको दुरुपयोग गरेको आरोप पनि लगाउँदै आएका छन्। म्युचुअल फन्डहरुले आईपीओबाट सेयर पाउनेबित्तिकै बजारमा सप्लाई दिने अर्थात बेच्ने गरेको उनीहरुको आरोप छ।
म्युचुअल फन्डहरुले मार्केट मेकरको काम गर्न नसकेको पनि लगानीकर्ताहरुको आरोेप छ। बजार घट्दा म्युचुअल फन्डहरुले सेयर होल्ड गर्नुपर्नेमा उल्टै बेचेर बजारलाई झनै घटाउने काम गरेको उनीहरुको आरोप छ।
सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले आईपीओमा म्युचुअल फन्डहरुलाई दिँदै आएको सुविधा हटाइने बताए। ‘हाल आईपीओमा म्युचुअल फन्डहरुलाई ५ प्रतिशत कोटा छुट्याइएको छ, यो सुविधा अब हटाइनेछ’, श्रेष्ठले बिजशालासँग भने।
बजारमा आईपीओमा पाएको सुविधालाई म्युचुअल फन्डहरुले दुरुपयोग गरेको गुनासो आइरहेकोप्रति सेबोनको ध्यानाकर्षण भएको पनि श्रेष्ठले बताए। ‘अहिले अनौपचारिक रुपमा यस विषयमा छलफल भइरहेको छ, यो सुविधा अब दिनुहुन्न भन्नेमा धेरैको मत छ’, उनले भने, ‘त्यसैले अब छिट्टै सेबोनको बोर्ड बैठकबाट यसबारे निर्णय हुन्छ। म्युचुअल फन्डलाई आईपीओमा छुट्याइँदै आएको कोटा हट्न सक्छ।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19