काठमाण्डौ । आईपीओ जारी गर्ने मुख्य अजेन्डासहित सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको गत पुस २६ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ २२ गते डोकेको हो। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रिमियममा जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19