काठमाण्डौ । जय अम्बे स्टील्सले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव आगामी पुस २६ गते बिहीबार हुने साधारणसभामा प्रस्ताव लैजाने तयारि गरेको हो ।

सभा कम्पनीको कर्पोरेट अफिस टेकु,काठमाण्डौमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव छ। साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ 

यसैगरी, सोही सभाले सञ्चालक समिति गठन गर्ने तथा अधिकृत पूँजी बढाउने प्रस्ताव पनि पारित गर्नेछ ।