काठमाण्डौ । बिजनेश इन्ट्रेष्ट ग्रूप अफ ईण्ड्रष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २४ गते मंगलबार हुने  तेस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा यति इभेन्टस् बसुन्धरा, काठमाण्डौमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा प्रवन्धपत्र र नियमावलीमा आवशयक संशोधनका लागि छलफल हुने छ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ । यसैगरी, सोही सभाले सञ्चालक नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।