काठमाण्डौ ।  वन ओ वन कम्पनीले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २५ गते बुधबार हुने  १२ औं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा नवदूर्गा पार्टी भेन्यू सुकेधारा, काठमाण्डौमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा प्रवन्धपत्र र नियमावलीमा आवशयक संशोधनका लागि छलफल हुने छ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभाले बोनस सेयर जारी गर्ने, नगद लाभांश वितरण, लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।