 
                     
                                
                             
                                    काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २७ गते शुक्रबार हुने पाँचौ वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत सार्वजनिक सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको हो।
सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधनका लागि छलफल हुने छ।
साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।
यसैगरी, सोही सभाले लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19