काठमाण्डौ ।जगदम्बा स्पिनिङ्ग मिल्स् लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २६ गते बिहीबार हुने तेस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरको सभाहलमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावलगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

सभाले लेखापरीक्षक नियुक्ति,गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन,वासलात, बोनस सेयर वितरणसहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।