काठमाण्डौ । भिजन इनर्जी एण्ड पावर लिमिटडले आईपीओ निष्कासनको तयारी गरेको छ ।
कम्पनीले यसका लागि वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २७ गते दिनको ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभाले कम्पनीको प्राथमिक सेयर निष्कासन(आईपीओ) गर्ने तथा सो सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित अन्य वित्तिय विवरणहरु पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19