काठमाण्डौ । अरुण काबेली पावरले आउँदो भदौ ८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। 

सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। हकप्रदमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालयबाट आवेदन दिन सकिनेछ।

लगानीकर्ताले यो हकप्रद सेयरमा भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत असार २५ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ असार २४ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउनेछन्। 

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

अरुण काबेली पावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।