काठमाण्डौ । आउँदो आइतबार (पुस ४ गते) सेयर बजार बन्द रहने भएको छ।

सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द रहने भएको छ। ‘आइतबार सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ, सेयर कारोबार पनि बन्द हुनेछ’, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले भने।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस ९धान्य पूर्णिमा० परेकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

सरकार मन्त्रिपरिषद्को पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाण्डौ उपत्यकामा लागू हुने गरी सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ।