काठमाण्डौ । सरकारले कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ गतेदेखि वैशाख ११ गते लगाउने भएको छ।
प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकताका लागि लक्षित समूहलाई सरकारले दोस्रो मात्रा लगाउने मिति तय गरेको हो। जसअनुसार गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई सरकारले दोस्रो मात्रा लगाउने व्यवस्था गर्न लागेको हो।
पहिलो मात्रा लिएका सबै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा ती नियोगका कर्मचारी, सार्वजनिक संस्था तथा बैंक र वित्तीय संस्थानका कर्मचारीले अब उक्त मितिमा दोस्रो मात्रा लगाउन पाउनेछन्। पहिलो मात्रा लगाएकै खोप केन्द्रहरु दोस्रो मात्रा लगाउन सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयले जारी गरेको सूचनाअनुसार गत माघ १४, १५, १६, १७ र २६ पहिलो मात्रा लिएकाहरुले वैशाख ७ गते दोस्रो मात्रा लगाउनुपर्नेछ।
यसैगरी माघ १८, १९, २०, २१ र २७ गते पहिलो मात्रा लिएकाहरुले वैशाख ८ गते दोस्रो मात्रा लगाउन पाउनेछन्। माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो मात्रा लिएकाहरुले भने वैशाख ९ गते दोस्रो मात्रा पाउनेछन्।
त्यस्तै माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो मात्रा लगाएकाहरुले वैशाख १० गते दोस्रो मात्रा लगाउन पाउनेछन् भने माघ ३० र फागुन ७, ८, ९ र १० गते पहिलो मात्रा लिएकाहरुको हकमा दोस्रो मात्रा वैशाख ११ गते लगाउन पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19