initial public offering
काठमाण्डौ । युनियन हाइड्रोपावर लिमीटेड आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा पुुगेको छ ।
यो कम्पनीले ६ करोड ३३ लाख मूल्यको ६ लाख ३३ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ ।
इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ प्रदान गरेको छ, यसको अर्थ यो कम्पनीको बित्तीय स्वास्थ्य नाजुुक रहेको भन्ने हो ।
युनियन हाइड्रोपावर लिमीटेडले हाल लमजुङ जिल्लामा ३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago