काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडलाई धितोपत्र बोर्डले २१ करोड ३० लाख मूल्यको कुल २१ लाख ३० हजार कित्ता सेयर आइपीओ गर्ने अनुमति प्रदान गरेको छ । 

हिमालयन पावर पार्टनरले १ सय रुपैयाँ प्रति कित्ताको दरले कुल २१ लाख ३० हजार कित्ता सेयर आइपीओ गर्ने अनुमति पाएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । यो कम्पनीले सर्वसाधराण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि आइपीओ जारी गर्न लागेको हो । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यो कम्पनीले लमजुङका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि हालै १० लाख ६५ हजार लाख कित्ता प्राथमिक सेयर निश्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ जारी गरेपछि यो कम्पनीको चुक्तापूँजी ८५ करोड २३ लाखको उचाईमा पुुगेको थियो । सर्वसाधारणका लागि आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ६ करोड पुुग्नेछ । 

हिमालयन पावर पार्टनर लिमीटेडले २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत आयोजना लमजुङको दोर्दी नदीमा निर्माण गरिरहेको छ ।