काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार आर्थिक वर्ष २०७५÷७६ को आकर्षक चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका लघुवित्तहरु चम्किएका छन् । यो क्रममा चारवटा कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । 

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड, सिर्जना फाइनान्स (वित्तीय संस्था), स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सोमबार उछाल आएको हो। 

नेपाल एग्रोको सेयरमूल्यमा १० प्रतिशत र सिर्जना तथा स्पर्सको सेयूमल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएपछि पोजेटिभ सर्किट लागेको हो । नेपाल एग्रोको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५४ रुपैयाँ बढेर सोमबार ५९४ पुगेको छ ।

त्यस्तै सिर्जना फाइनान्सको अन्तिम सेयरमूल्यमा प्रतिकित्ता २३ रुपैयाँ बढेर २६० पुगेको छ भने स्पर्स लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ४३ रुपैयाँ बढेर ५०१ रुपैयाँ पुगेको छ । त्यस्तै स्पर्स र आशा लघुवित्तको सेयरमूल्यमा पनि प्रतिकित्ता क्रमशः ३८ रुपैयाँ र ४३ रुपैयाँ बढेर ५०१ र ४४० रुपैयाँ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म नेपाल एग्रोको मार्केट डेप्थमा सेयर खरिद चापमात्र देखिएको छ भने बेच्नेतर्फ खासै चासो दिइएको पाइएको छ । मार्केट डेप्थमा नेपाल एग्रोको ३८०० कित्ता सय खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ एउटा पनि पोस्ट भएको छ । 

यसैगरी स्पर्श लघुवित्तको कम्पनीको २१३० कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ ४९० कित्तामात्र पोस्ट भएको छ। पनि कम्पनीको सेयर खरिद चाप बढी देखाएको छ ।

यस्तै सिर्जना फाइनान्सको पनि मार्केट डेप्थमा १०४४८ कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ कुनै पोस्ट भएको छ ।

उता आशा लघुवित्तको मार्केट डेप्थमा ३७९५ कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ १६८० कित्ता सेयर पोस्ट भएको छ ।