काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र पुस १४ गतेदेखि बिक्री खुला गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट केही दिनअघिमात्रै निष्कासन अनुमति पाएपछि बैंकले ‘१०.२५ प्रतिशत कुमार बैंक डिबेन्चर–२०८६’ का इकाइहरु बिक्री खुलाउन लागेको हो । यो १० वर्षे ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा उपलब्ध हुनेछ ।
कुल ३ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारणका लागि निश्कासन हुनेछ भने बाँकी रहेको १ अर्ब ८० करोडको ऋणपत्र प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री हुने बताइएको छ ।
लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतम १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा पुस १७ गते र ढिलामा माघ १४ गतेसम्म रहेको छ ।
चालु आर्थिक वर्षमा ऋणपत्र निश्कासनको अनुमति पाउने कुमारी बैंक पाँचौ संस्था हो । यसअघि सिद्धार्थ बैंकले २ अर्ब ५० करोड, लक्ष्मी बैंकले २ अर्ब, प्रभू बैंकले १ अर्ब र सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निश्कासन अनुमति पाएसँगै बिक्री गरिसकेका छन् ।
अनुमति पाएकामध्ये लक्ष्मी बैंक र कुमारी बैंकको ऋणपत्रको अवधि १० वर्षे रहेको छ । अन्यको ऋणपत्र भने ७ वर्षे अवधिको हो ।
कतिपय वाणिज्य बैंकले छोटो अवधिका ऋणपत्रमा समेत १० प्रतिशत मात्र ब्याज दिइरहेको बेला कुमारीले लामो अवधिका लागि निश्कासनको गरेको ऋणपत्रमा अफर गरेको ब्याज आकर्षक हो ।
पछिल्लो समय राम्रो ब्याज अफर गर्ने बैंकहरुको ऋणपत्रमा लगानीकर्ताहरुको आकर्षण देखिइरहेको छ । यसअघि प्रभू बैंकले निश्कासन गरेको रु. १ अर्ब रुपैयाँको ऋणपत्र समय सीमा भन्दा निकै अघि बिक्री भएको थियो भने सनराइज बैंकले समेत समयमै ऋणपत्र बिक्री गर्न सकेको थियो ।
नेपाल राष्ट्रबैंकले बैंकहरुलाई दीर्घकालीन प्रकृतिका स्रोतको व्यवस्थापनमा सहयोग हुने हिसाबले कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र निश्कासनको व्यवस्था गरेसँगै बजारमा एकपछि अर्को ऋणपत्र आइरहेका छन् ।
कुमारीले निश्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमीटेड रहेको छ ।
कुमारी बैंकको हालको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago