काठमाण्डौ । कोरोना महामारीका कारण स्थगित र निर्धारण हुन बाँकी रहेका लोकसेवा आयोगका परीक्षाहरु आगामी साउन १५ गतेदेखि सञ्चालन हुने भएका छन्। 

गत सोमबार बसेको लोकसेवा आयोगको बैठकले स्थगित र निर्धारण हुन बाँकी रहेका परीक्षाहरु साउन १५ गतेदेखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने गरी कार्यक्रम तोकिएको लोकसेवा आयोगले जारी गरेको सूचनामा उल्लेख छ। 

यस्तो छ परीक्षा तालिका –