काठमाण्डौ । महिला लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको सेयर कारोबार आगामी साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने भएका छन्। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) यी दुवै कम्पनीका सेयर सूचीकरण सम्भवतः सोमबारसम्म हुने भएकोले आगामी साताबाट कारोबारमा आउने भएका हुन्। नेप्सेमा कुनै पनि कम्पनीको धितोपत्र सूचीकरणको भएको दोस्रो दिनबाट सेयर कारोबारमा आउने गर्छ। 

महिला लघुवित्तले गत माघ ३० गतेबाट ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो। 

त्यस्तै ग्रिनलाइफ हाइड्रोपावरले गत माघ २३ गतेबाट कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका सम्भवतः नेप्सेमा महिला लघुवित्तको धितोपत्र सूचीकरण सोमबारसम्म हुनेछ। 

त्यस्तै ग्रिनलाइफ हाइड्रोपावरको धितोपत्र पनि आउँदो आइतबार वा सोमबारसम्म सूचीकरण सम्झौता हुन सक्ने नेप्से प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।