काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षबाट वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने भएको छ।
आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कमोडिटी मार्केट सञ्चालनमा ल्याइने जानकारी गराएका हुन्। उनका अनुसार धान,मकै, गहुँ, चियाजस्ता उत्पादनलाई कमोडिटी मार्केटअन्तर्गतको कारोबारमा समावेश गरिनेछ।
खासगरी विश्व बजारमा कमोडिटी मार्केटअन्तर्गत मेटल, कृषि उत्पादन तथा खानी पनि समावेश गरिएका छन्।
कमोडिटी मार्केटको नियामक निकायका रुपमा भने नेपाल धितोपत्र बोर्ड रहनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19