काठमाण्डौ । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि रायसुझाव संकलन गर्ने कार्यको सुरुआत गरेको छ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि तयारी गरिरहेको उल्लेख गर्दै परिसंघले आज एक सूचना जारी गर्दै उद्योग प्रतिष्ठान तथा संघसंस्थाहरुलाई रायसुझाव पेस गर्न आग्रह गरेको हो। यसरी प्राप्त भएका रायसुझाव संकलन गरी परिसंघले सरकारलाई आफ्नो अवधारणा पेस गर्नेछ। 

परिसंघले चालु आर्थिक वर्षमा गर्नुपर्ने संशोधनहरु तथा नयाँ प्रस्तावहरुसहितका सुझावहरु ई–मेल वा पत्रमार्फत पठाउन पनि परिसंघको सचिवालयमा आइपुग्ने गरी उपलब्ध गराउन परिसंघले सबै सदस्य, उद्योग, प्रतिष्ठान तथा संघसंस्थाहरुलाई आग्रह गरेको छ। सुझाव आउँदो चैत ५ गतेभित्र पठाइसक्नुपर्ने परिसंघको सूचनामा उल्लेख छ।