-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २०९४.५४ मा बन्द भएको बजार यो साता २१८२.६४ मा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ८७.१ अंकले बढ्यो । अघिल्लो साता भने ८८.६७ अंकले बजार घटेको थियो । 

यो साता दोस्रो बजारमा १२ अर्ब ३५ करोड बराबरको कारोबार भएको छ । यस्तो कारोबार अघिल्लो साता १२ अर्ब ८५  करोडको भएको थियो । यस हिसावले यो साता नेप्से परिसूचक बढेको छ भने अघिल्लो साताको तुलनामा यो साता कारोबार सामान्य अंकले घटेको छ । 

प्राविधिक पक्ष 
इचिमोकू इन्डिकेटरलाई इन्डिकेटरहरुमध्य सबैभन्दा बेष्ट इन्डिकेटर मानिन्छ । इचिमोकूको इतिहास हेर्ने हो भने एक जापनिज पत्रकार गोइची हसोडाले सन् १९३० देखि १९६० सम्म निरन्तर अध्ययनपछि सार्वजनिक गरेको एक  टुल्स हो । उनलाई अर्को नाममा इचिमोकुलाई साञ्जिन पनि भनिन्थ्यो ।

उनैको नामबाट यो इन्डिकेटरलाई इचिमोकू भन्ने गरिएको हो । यो इन्डीकेटरले एकै इन्डिकेटरबाट बजारको विगत, बर्तमान र आगामी ट्रेण्ड बुझ्न सजिलो बनाइदिएको छ । 

यसमा ४ वटा कम्पोनेन्ट्स हुन्छन । बेस लाईन र कन्भर्जन लाईन भन्ने हुन्छ । यो भनेको सामान्य मुभिङ एभरेज हो । यो भनेको म्याक्डीजस्तै हो । अर्को भनेको क्लाउड पोजिसन हुन्छ । क्लाउडको पोजिसनले बजारको अवस्था बताउँछ । सामान्य रुपमा बुझ्दा यदि क्लाउडको अवस्था रातो भएमा बजार वियरिस र क्लाउडको अवस्था हरियो भए बजार बुलिस भन्ने हो । 

अर्को कम्पोनेन्ट्स ल्यागिङग स्पान पोजिसन् हुन्छ । यो भनेको अरु कम्पोनेन्ट्सभन्दा २६ दिन पछाडि चल्ने गर्छ, जसले आउने ट्रेण्ड जनाउँछ ।

यसलाई सरल भाषामा भन्दा यदि मूल्य रेखाहरु क्लाउडभन्दा माथि भएमा बजार बुलिस र तल भएमा वियरिस हुन्छ । यसमा रंगका आधारमा पनि बजारको अवस्था बुझ्न सकिन्छ । अर्थात, सरल रुपमा बुझ्दा क्लाउडको रंग रातो भए बजार वियरिस र हरियो भएमा बुलिस भन्ने हो ( हेर्नुहोस मुख्य तस्विरमा पार्ट वान र पार्ट टु  )

अहिलेको अवस्था कस्तो ?
क्लाउड पोजिसनमार्फत हेर्दा बजार बुलिस नै देखिन्छ, किनकी अहिले क्लाउडको रंग हरियो रहेको छ । २६ दिनपछि चल्ने ल्यागिङग स्पान पोजिसनले पनि बजार बुलिस नै देखिन्छ किनकी यो पनि  क्लाउड पोजिसनभन्दा माथि रहेको छ । तर कन्भर्जन लाइनले बेस लाइनलाई माथिबाट काट्दै गरेको देखिन्छ ( हेर्नुहोस रातो एरो ) यसले भने बजार केही समय साइडवेजमा जानसक्ने सम्भावना पनि देखिन्छ । इचिमोकूको सिद्धान्तलाई आधार मानेर हेर्दा अहिलेको बजार अवस्था बुलिस ट्रेण्ड र मुभमेन्टम यथावत रहेको हो । 

सुपर ट्रेण्ड 
सुपर ट्रेण्ड भनेको एक सहज इन्डिकेटर हो । यसमा मूल्यरेखा र  सुपर ट्रेण्डको रेखा गरेर जम्मा दुई भाग रहेका हुन्छन् । यदि मूल्यरेखाहरु सुपर ट्रेण्डभन्दा माथि भएमा बजार बुलिस र तल भएमा वियरिस भनेर बुझ्नुपर्छ । अझ सरल रुपमा बुझ्दा सुपर ट्रेण्डको रेखा हरियो भएमा बुल र रातो भएमा बियरिस भन्ने हो । अहिलेको अवस्था भनेको  मूल्यरेखा सुपर ट्रेण्डभन्दा माथि रहेका छन् । सुपर ट्रेण्ड हरियो नै रहेको छ र यसले बजार मजबुत नै रहेको  तथा बजारले सुपर ट्रेण्डभन्दा माथि सपोर्ट लिएको देखिन्छ  ।

 

मनी फ्लो  इन्डेक्स
मनी फ्लो इन्डेक्स भनेको बजारमा आरएसआई इण्डिकेटर जस्तै हो । यो सूत्रबाट बजार ओभर बट तथा ओभर सोल्ड कुन जोनमा रहेको छ भन्ने पत्ता लगाउन सकिन्छ । यसको मद्दतबाट बजारमा सेयर कर्नरिङ भइरहेको छ वा डिस्ट्रीव्यूसन भएको छ भनेर बुझ्न सहज हुन्छ । यो इण्डिकेटरले हाल बजार करिब ओभरसोल्ड जोन ३५ मा रहेको देखाउँछ । यसबाट पनि बजार अझै बढ्न बाँकी रहेको बुझ्न सकिन्छ ।

पिभट विश्लेषण गर्ने सूत्रको मद्दतले सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यसो भए अब यो सिद्धान्तका आधारमा नेपालको सेयरबजारको सम्भावित प्रतिरोध तथा सपोर्ट कति कतिमा छ त ? हेरौं:

बढेमा प्रतिरोध 
प्रतिरोध १– २१६१
प्रतिरोध २– २२२८
प्रतिरोध ३– २२६४
पिभट प्वइन्ट:  २१२५

घटेमा सपोर्ट 
सपोर्ट १– २०५८
सपोर्ट २– २०२३
सपोर्ट ३– १९५६

यो साता सेयर बजारमा ८७ अंकले बढेको छ । अघिल्लो साता भने लगभग यही अंकमा घटेको थियो । यसरी हेर्दा अघिल्लो साताको गिरावटलाई यो साताको बढोत्तरीले कभर गरिदिएको छ । यो साता सेयर कारोबार पनि १२ अर्ब ३५ करोड बराबरको भएको छ । बजारलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा बुलिस नै रहेको देखिन्छ । डाउ थेउरीमार्फत बजारलाई वान आवर तथा वान डे टाइम फ्रेममा हेर्दा  हायर हाइ र हायर लो बनाएको देखिन्छ । यो भनेको बजारमा अपट्रेण्ड चलेको छ भन्न हो । पिभट प्वाइन्टमार्फत हेर्दा बजार आगामी साता २१२५ भन्दा माथि चल्यो भने बुलिस नै हुने देखिन्छ । 

सुपर ट्रेण्डमार्फत हेर्दा पनि बजार मजबुत नै देखिन्छ । पिभटमार्फत हेर्दा बजारको नजिकको प्रतिरोध २२२८ मा देखिन्छ भने घटेमा सपोर्ट २१२५ तथा २०५८ मा रहेको देखिन्छ । समग्रमा आगामी साता एक दुई दिन करेक्सन व्यहोर्ने सम्भावना भए पनि  समग्रमा बजार अप ट्रेण्डै चल्नसक्ने देखिन्छ ।