काठमाण्डौ । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८०–८१को बजेटका लागि सुझाव पेस गर्ने तयारी गरेको छ।

परिसंघले अर्थ मन्त्रालयले आगामी बजेट निर्माणको प्रक्रिया अगाडि बढाएसँगै परिसंघले पनि सुझाव पेस गर्न तयारी थालेको हो। 

परिसंघले सरकारसमक्ष सुझाव पेस गर्न आवश्यक सुझाव सम्पूर्ण सदस्य उद्योग, प्रतिष्ठान तथा संघसंस्थाहरुसँग रायसुझाव माग गरेको छ। यसका लागि परिसंघको ई–मेल वा परिसंघको सचिवालयमा पत्रमार्फत रायसुझाव पठाउन परिसंघले आग्रह गरेको छ। 

रायसुझाव फागुन मसान्तभित्र पठाउन पनि परिसंघले आग्रह गरेको छ।