काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०८०–८१को नीति तथा कार्यक्रमका लाग राय–सुझाव माग गरेको छ।
सेबोनले आज एक सूचना प्रकाशित गरी राय–सुझाव माग गरेको हो। सरकारको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा प्राथमिकता र लगानीकर्तालगायत अन्य सरोकारावालाहरुको अपेक्षाअनुरुप एवं कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम बनाउने उद्देश्य रहेको सेबोनले जनाएको छ।
बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियमनको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, आधुनिक, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बजारसम्बन्धी विषयवस्तुहरु समावेश गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०८०–८१को नीति तथा कार्यक्रम तयार गर्ने काम भइरहेको सेबोनले जनाएको छ।
त्यसका लागि बजारसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि राय–सुझाव उपलब्ध गराउन सेबोनले आग्रह गरेको छ। राय–सुझाव वैशाख मसान्तभित्र सेबोनको research@sebon.gov.np मा पठाउन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago