काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्र र जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको छ।
कम्पनीले द्वितीय चरणमा रु. १०० अंकित दरका १ करोड ५० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गते अनुमति पाएको थियो। जसमा सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि कुल जारी पुँजी रु. ६ अर्बको १० प्रतिशत अर्थात ६० करोड बराबरको ६० लाख कित्ता निष्कासन गरिएको हो। यसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ गाविस र साविक मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण सेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको हो।
यसैगरी जारी पुँजी रु. ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण सेयरमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको र बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ। सर्वसाधारणका लागि आईपीओ निष्कासन भने केहीपछि गरिने बताइएको छ।
आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि निष्कासन गरिएको आईपीओमा छिटोमा जेठ ४ गतेभित्र र ढिलोमा जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन्।
आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।
आईपीओ निम्नानुसारका संकलन केन्द्रहरुबाट दरखास्त बुझिलिने ब्यवस्था गरिएको छ–
सिन्धुपाल्चोक जिल्लाभित्र
काठमाण्डौ उपत्यकाभित्र
(उपरोक्त संकलन केन्द्रहरुमा चेकमात्र बुझिलिने व्यवस्था गरिएको छ।)
यसका साथै स्थानीयले ऐच्छिक रुपमा आस्वा प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन्।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमीटेडले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीको अधिकृत पुँजी रु. ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु. ६ अर्ब तथा चुक्ता पूँजी रु. ४ अर्ब ५० करोड रहेको छ।
निर्माणाधीन यस आयोजनाको अद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याज बाहेक रु.१५ अर्ब ३ करोड २ लाख ९० हजार रुपैयाँ र निर्माण अवधिको ब्याजसहित रु.१६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ।
कम्पनीको प्रक्षेपित वित्तीय विवरणअनुसार निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत रु.१६,६४,०४,१०१।– रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ७.७० वर्ष रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19