काठमाण्डौ । सरकारले आज (पुस ४ गते) बाट देशका ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप लगाउने अभियान सुरु गरेको छ।
बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा आजदेखि पुस १४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। झन्डै १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ।
हरेक बालबालिकालाई खोप केन्द्र पठाउन मन्त्रालयले आग्रह गरेको छ।
मोडर्नाको पहिलो मात्रा लिएका बालबालिकालाई माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा लगाइने मन्त्रालले जनाएको छ।
यी ५७ जिल्लामा मोडर्ना खोप लगाइँदै
यसैगरी सरकारले उपत्यकाका ३ जिल्लासहित ८ जिल्लामा यही पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ। दोस्रो मात्रा भने माघ ४ गतेदेखि माघ १३ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19