 
                     
                                
                             
                                    काठमाण्डौ । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि आज आइतबारबाट निःशुल्क बससेवा सुरु गरिएको छ।
नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाण्डौ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलंकी, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि निःशुल्क बससेवा सुरु गरिएको हो।
नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौड्यालले सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधक नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बससेवा सुरु गरिएको जानकारी दिए। बस बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म र साँझ ५:३० बजेदेखि ७:३० बजेसम्म चल्नेछ।
बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पतालहुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ। सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने एशोसियशनका कार्यकारी सदस्य डा रितेश थापाले जानकारी दिए।
बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ। रोटरी क्बल अफ काठमाण्डौ हेल्थ प्रोफेसनल्सका अनुसार सेवा नै धर्म हो भन्ने भावना बोकेको रोटरी क्लबसमेतले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको समस्या समाधानका लागि सहयोग गरेको हो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19