काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर आज आइतबारदेखि कारोबार हुने भएको छ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लिबर्टी इनर्जी कम्पनीबीच गत शुक्रबार सूचीकरण सम्झौता सम्पन्न भई दोस्रो बजारमा आज आइतबारबाट कारोबार हुने भएको हो।
नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु. १०० देखि रु. ३०० सम्म मूल्य रेन्ज प्रदान गरेको छ।
आज स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा लिबर्टीको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जमा भएको खण्डमा नियमित समय (११ देखि ३ बजे) मा कारोबार हुनेछ।
कम्पनीले गत भदौ ३ गतेदेखि भदौ १७ गतेसम्म सर्वसाधारणका लागि र साउन ७ गतेदेखि साउन २१ गतेसम्म आयोजना प्रभावितका लागि आईपीओ निष्कासन गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago