काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले ७ लाख ३५ हजार कित्ता संस्थापक सेयर आज आइतबारबाट लिलामीमा राखेको छ।
लिलामीमा राखिने सेयरमा इच्छुक योग्य जोकोही व्यक्ति कम्पनी, संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताहरुले न्यूनतम २५ हजार कित्ता र १० अंकको गुणांकमा अधिकतम ७ लाख ३५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ कायम गरिएको छ। त्यसैले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी पेस गर्नुपर्नेछ।
धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र मुक्तिनाथ क्यापिटलको काठमाण्डौ हात्तीसागरमार्गस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर २८ गते बैंकिङ समयसम्म रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19