काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर आज मंगलबारबाट लिलामीमा राखेको छ।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम २५ हजार कित्ता वा अधिकतममा १० अंकको गुणांकमा ७ लाख ३५ हजार कित्ताका लागि आवेदन पेस गर्न सक्नेछन्। लिलामी सेयरमा योग्य जोकोही व्यक्ति, कम्पनी, संघसंस्था, बैंक तथा वित्तीय संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।
धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र मुक्तिनाथ क्यापिटलको काठमाण्डौ हात्तीसारस्थित प्रधान कार्यालयमा पेस गर्नुपर्ने छ।
बोलपत्र पेस गर्ने अन्तिम दिन पुस २१ गते बैंकिङ समयसम्म तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19