काठमाण्डौ। काठमाण्डौमा आज (जेठ २ गते) देखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ।
गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज लगाउन सक्नेछन्। यो दोस्रो डोजको खोप अभियान जेठ ११ गतेसम्म चल्नेछ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिकाको ३३ वटै वडामा खोप लगाइँदैछ। वडाभित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ।
त्यस्तै कीर्तिपुर नगरपालिकामा नयाँबजार गेट र बुँगाउँमा रहेको राराहिल मेमोरियल स्कुलमा गरी २ ठाउँमा खोप केन्द्र तोकिएको छ।
कागेश्वरी मनहरा, दक्षिणकाली, तारकेश्वर र शंकरापुर नगरपालिकाको एक÷एक ठाउँमा कोरोना खोपको केन्द्र तोकिएको छ।
यसैगरी चन्द्रागिरी नगरपालिकामा ३ ठाउँमा दोस्रो डोज खोप लगाइँदैछ। बुढानीलकण्ठ नगरपालिकाको २ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको २ ठाउँ, टोखामा २ ठाउँ र नागार्जुन नगरपालिकाको २ ठाउँमा जेठ ११ गतेसम्म दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयले जनाएको छ।
दोस्रो डोज लगाइने खोप केन्द्रहरुको सूची यस प्रकार रहेको छ–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19