काठमाण्डौ। आजबाट त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिन सुरु गरिएको छ।
सचिवस्तरको बैठकले बुधबार त्रिविले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै आजबाट विद्यार्थीलाई लगाउन सुरु गरिएको हो।
विद्यार्थी खोप लगाउन काठमाण्डौ उपत्यकाका पाँचवटा खोप केन्द्र तोकिएको छ। जसअनुसार काठमाण्डौको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ। खोप लगाउन विद्यार्थीले अनिवार्य रुपमा प्रवेशपत्र देखाउनुपर्नेछ।
उपत्यकाबाहिरका विद्यार्थीले भने नजिकैको खोप केन्द्रमा गएर प्रवेशपत्र देखाएर खोप लगाउन सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19