काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरु आज पुस १ गतेबाट ५ दिनसम्म बन्द रहने भएका छन्।
प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नका लागि सबै आय संकलन काउन्टर पुस ५ गतेसम्म बन्द रहने जानकारी गराएको हो।
विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर प्राधिकरणको एम–पावर बिलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नुपरेको सूचनामा जानकारी गराइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago