काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते अन्तिम दिन रहेको छ।
वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ १४ गतेसम्म कायम सेयरधनीहरुले यो बैंकको लाभांश पाउनेछन्।
बैंकले आफ्नो १७ औँ वार्षिक साधारणसभा यही असोज २६ गते डाकेको छ। सभा काठमाण्डौको कालिकास्थानस्थिन अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ बराबरको नगद लाभांश (करसमेत) पारित गर्नेछ। सोही सभाले उक्त आर्थिक वर्ष वार्षिक र लेखापरीक्षको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19