काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको गत आर्थिक वर्ष २०७८–७९को लाभांश सुरक्षित गर्ने आज मंसिर २६ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो लाभांश पारित गर्न कम्पनीले आउँदो पुस ९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।