काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज पुस ३ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा आउँदो पुस १४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले प्रभु बैंकसँगको १००ः१०० सेयर स्वाप रेसियोमा मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले मर्जरसम्बन्धी समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायतका सम्पूर्ण कामकारबाही पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन पनि अनुमोदन गर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago