काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर भर्नका लागि योग्य हुन आज वैशाख २६ गते अन्तिम दिन रहेको छ।
कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि भोलि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हुनेछन्।
कम्पनीको गत भदौ १९ गते सम्पन्न १३ औँ र १४ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको १ः०.७ अनुपातमा अर्थात ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रस्तावित हकप्रदलाई नेपाल धितोपत्र बोर्डले केही दिनअघि निष्कासनको अनुमति दिएको थियो।
यो कम्पनीले १ अर्ब २० करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख रुपैयाँ कित्ता सेयर बिक्री खुला गर्नेछ।
हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago