काठमाण्डौ ।  नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (जेठ १० गते) अन्तिम दिन रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले आफ्नो वार्षिक साधारणसभा यही जेठ २२ गते आयोजना गर्दैछ। सभा काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजे सुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०७८–२०७९ का लागि प्रस्तावित चुक्तापुँजीको १४.५० प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ८ प्रतिशत बोनस र ६.५० प्रतिशत नगद लाभांश (करसहित) छन्। 

सभाले कम्पनीको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।