 
                     
                                
                             
                                    काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ ३२ गते अन्तिम मौका रहेको छ।
नेसनल हाइड्रोपावरले हकप्रद निष्कासन प्रयोजनार्थ भोलि असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।
गत जेठ २२ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेसनल हाइड्रोपावरलाई चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ।
सेबोनको अनुमतिसँगै अब नेसनल हाइड्रोपावरले चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ४५ हजार ९७२ रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७२ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19