काठमाण्डौ । अपी पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज असार २१ गते अन्तिम दिन रहेको छ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।
नेपाल धितोपत्र बोर्डले गत असार ६ गते अपी पावरलाई चुक्तापुँजीको १ः०.४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।
कम्पनीले हकप्रद बिक्रीबाट उठेको रकम नौगडगाढ जलविद्युत आयोजना (८.५ मे.वा)को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना (८ मे.वा.) को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मे.वा.) को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना (१ मे.वा.) ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना (१ मे.वा.) को ४ करोड २८ लाख रुपैयाँ ऋणमोचन गर्नेछ।
अपी पावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago