काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज असार २४ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि असार २५ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार २४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत असार १३ गते अरुण काबेलीलाई चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो। 

अब यो कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँबराबरको हकप्रद सेयर बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

अरुण काबेली पावरको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।