काठमाण्डौ । चारवटा म्युचुअल फन्डको आर्थिक वर्ष २०७९–८०को लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको छ। 

एनएमबि म्युचुअल फन्डका २ वटा तथा सानिमा म्युचुअल फन्ड र सनराइज म्युचुअल फन्डका १–१ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। आजसम्म कायम इकाइधनीहरुले यी ४ वटा योजनाको लाभांश पाउनेछन्।

एनएमबि म्युचुअल फन्डअन्तर्गत एनएमबि ५० र एनएमबि हाइब्रिड फन्ड एल–१’का इकाइधनीहरुलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय योजना व्यवस्थापक एनएमबि क्यापिटलले गरेको छ। लाभांश वितरणार्थ क्यापिटलले पर्सि असोज १२ गते बुक कलोज गर्ने निर्णय गरेको छ। यसको आज असोज १० गते (भोलि असोज ११ गते सार्वजनिक बिदा र असोज १२ गते शुक्रबार)सम्म कायम इकाइधनीहरु यी दुवै योजनाको लाभांश पाउनेछन्। 

यी दुवै योजनाको कोष प्रवद्ध्कमा एनएमबि बैंक रहेको छ। 

यसैगरी सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’का इकाइधनीहरुलाई कुल १८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ। यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ। जसअनुसार १८ प्रतिशतले हुन आउने कुल २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले यो योजनाको लाभांश वितरणार्थ आउँदो असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १० गते (भोलि असोज ११ गते सार्वजनिक बिदा र असोज १२ गते शुक्रबार)सम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्। 
यो योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ। 

त्यस्तै सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिएको छ। जसअनुसार १३ करोड ७६ लाख रुपैयाँ इकाइधनीहरुलाई वितरण गरिनेछ।

को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ। 

योजना व्यवस्थापक तथा डिपोजिटरी सनराइज क्यापिटलले लाभांश वितरणार्थ यही असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १० गते (भोलि असोज ११ गते सार्वजनिक बिदा र असोज १२ गते शुक्रबार)सम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।

यो योजनाको कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक रहेको छ।