काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सुरक्षित गर्ने आज (वैशाख २८ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद प्रयोजनार्थ भोलि (वैशाख २९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्ण गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर कम्पनीले सेयरधनीहरुका लागि जारी गर्नेछ। 

कम्पनीले यो दोस्रोपटक हकप्रद जारी गर्न लागेको हो। कम्पनीको यो हकप्रदलाई धितोपत्र बोर्डले गत वैशाख १९ गते निष्कासन अनुमति दिएको थियो।

कम्पनीले हकप्रदको मिति भने तय गरिसकेको छैन।