काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।
बैंक गत आर्थिक वर्षको लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि पुस १४ गतेबाट पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद रहेको छ।
प्रस्तावित लाभांश बैंकको यही पुस २७ हुने २८ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। सभा काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago