काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षका लागि घोषणा गरेको नगद लाभांश सुरक्षित गर्ने आज साउन १२ गते अन्तिम मौका रहेको छ। 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको सञ्चालक समितिले नगद लाभांश प्रयोजनार्थ भोलि साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन १२ गतेसम्म कायम इकाइधनीहरु यो कोषद्वारा घोषित नगद लाभांश पाउन योग्य हुनेछन्। 

यो कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत लाभांश दिने घोषणा गरिएको छ।