काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडे आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज ११ गते) अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि असोज १२ गतेदेखि असोज २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको कुल २१.०५३ प्रतिशतले हुन आउने २४ करोड ३४ लाख २५ हजार २०.०१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७२२.१४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २७९.८७ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
संस्थाले आफ्नो २० औँ वार्षिक साधारणसभा यही असोज २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19