काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले घोषणा गरेको नगद लाभांश सुरक्षित गर्ने आज (असोज २४ गते) अन्तिम मौका रहेको छ।
कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज २४ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको नगद लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको २८ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक ११ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा दिउँसो ३ः४५ बजे अभौतिक माध्यम अर्थात् भिडियो कन्फरेन्सिङका माध्यमबाट हुनेछ।
सोही सभाले आर्थिक वर्ष २०७७/८८ प्रस्तावित लाभांश अनुमोन गर्नेछ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
वार्षिक साधारणसभा सम्पन्न भएको ४५ कार्यदिनभित्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19